जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पत्रकारमाथि हिजोभएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ मधेस प्रदेश,तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश धनुषाका महासचिव सैलेन्द्र
कान्तिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कान्तिपुर टिभीका धनुषा समाचारदाता अमरकान्त ठाकुर मुलुक टाईम्स मासिक पत्रीकाका सम्बादाता माथि सो पालिकाका अध्यक्ष जयकुमार यादवले गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्।
विगतदेखि नै पालिकामा भइरहेका कामकारवाहीबारे सूचना नदिइँदै आएको भन्दै विभिन्न पार्टीका प्रतिनिधिहरू सुचनाको हक अन्तर्गत सूचना लिन पुगेका बेला ठाकुर र झा समाचार संकलनका लागि त्यहाँ पुगेका थिए।सो क्रममा अध्यक्ष यादवले दुर्व्यवहार गरेपछि घटनाले सूचना लुकाउन खोजिएको आशंका पुष्टि भएको महासंघको भनाइ छ।
“आफू पालिकामा नरहँदा पत्रकारले प्रवेश गर्न नपाउने र जानकारी गराएर मात्र आउनुपर्ने भन्ने अध्यक्ष यादवको सार्वजनिक भनाइ गैरजिम्मेवार छ,” महासंघको विज्ञप्तिमा उल्लेख छ, “यस प्रकारका गतिविधि प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन हुन्।”
महासंघले पालिकाभित्र पत्रकारहरूले स्वतन्त्र र सुरक्षित ढंगले समाचार संकलन गर्न सक्ने वातावरण बनाउन माग गरेको छ।भने
पालिका अध्यक्ष लाई एस्तो किसिमको अमर्यादित दमन हस्तछेप
प्रती कडा बिरोध जनाएको छ।









