बाजुरा , जेष्ठ ५ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा आइतबार बेलुकी एक जना मृत फेला परेका छन् ।
सोही नगरपालिका–२ बस्ने ६० वर्षीय रुपजंग कार्की घागरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत अवस्थामा फेला परेका कार्कीको घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









