२०८२ फाल्गुन १९ गते मंगलवार

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2309

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2313

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2319

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2323

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2327

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2331

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2336

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2340

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2345

२०२५ मा पाकिस्तानसँगको संघर्षमा भारतको एक उदाउँदो साइबर शक्तिको रूपमा उदय

साइबर अपरेसन हरू आधुनिक युद्धमा नियन्त्रण र रोकथामको एक मुख्य अस्त्रको रूपमा देखा परेका छन्, जसले राष्ट्रहरूलाई कम लागतमा, अस्वीकरण गर्न मिल्ने, र ठुलो स्स्रमा प्रयोग गर्न सकिने माध्यम दिन्छन्, शत्रुका क्षमताहरूमा क्षति पुऱ्याउन र जनधारणा परिवर्तन गर्न। रसिया-युक्रेन र इजरायल-गाजा जस्ता युद्ध क्षेत्रहरूमा, साइबर आक्रमणहरूले प्रायः पारंपरिक सैन्य कार्यवाही सँगै कमाण्डो र कन्ट्रोल प्रणालीहरू लाई निशाना बनाएका छन् ।
नागरिक मनोबल घटाएका छन ।र अन्तर्राष्ट्रिय धारणा प्रभाव पारेका छन्। अघिल्ला भारत-पाकिस्तान संघर्षहरूमा साइबर गतिविधि निकै सीमित थियो। २०१९ को बालाकोट हमला मुख्यतः सटीक सैन्य कारवाही र पछिको सूचना युद्धमा आधारित थियो, जहाँ साइबर संलग्मृता निकै न्यून देखिन्थ्यो। तर, पछिल्लो संघर्षमा यो दृश्य बदलिएको छ, जहाँ साइबर युद्धले ग्रे-जोन संघर्षमा एक प्रभावशाली भूमिका खेलेको छ। २२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी हमला पछि पाकिस्तानसँग सम्ब‌द्ध साइबर समूहहरूले भारतको डिजिटल पूर्वाधार, विशेष गरी सैन्य सम्बन्धित प्रणालीहरूमा आक्रमण गरे। यस्ता आक्रमणहरू असंगठित र प्रविधि क्षमतामा कमजोर थिए, जसलाई स्क्रिप्ट् किडीहरू वा न्यूनस्त्रीय हैकरहरूले गरेको मानिन्छ। रिपोर्टहरू अनुसार पाकिस्तान सरकारबाट समर्थित हैकरहरूले विभिन्न विद्यालय, कलेज, वित्तीय संस्था र भूतपूर्व सैनिक संस्थाहरूका वेबसाइटहरूमा आतंकवादी हमलाको निन्द्रा दर्शाउने सामग्री हालेर ह्याक गर्न खोजे। भारत पेट्रोलियम, उत्तर प्रदेश र राजस्थान सरकारको वेबसाइट र खाद्य प्रशोधन मन्त्रालयलाई पनि लक्षित गरिएको थियो। भारतको साइबर क्षेत्रमा ११० सम्भावित साइबर आक्रमणहरू रिपोर्ट भए। ती अधिकांश प्रभावहीन र असफल थिए। कुनै पनि डेटा चुहावट वा सेवामा अवरोध भएको थिएन। भारतका कुनै पनि संस्थाले आर्थिक नोक्सानी बेहोर्नु परेन। मनोवैज्ञानिक असर पनि नगण्य थियो, किनभने CERT-In र सेनाको साइबर युनिटहरू द्वारा तिब्र र प्रभावकारी रूपमा जवाफ दिइयो, जसले भारतको सुव्यवस्थित र तालिम प्राप्त प्रतिक्रिया क्षमतालाई प्रमाणित गर्यो।

भारतीय साइबर प्रतिक्रियाः पाकिस्तानमाथि असर भारतीय साइबर समूहहरू ‘CYBERFORCEX’, ‘ECHOOFGULMARG’, र ‘TEAMWHITELOTUS’ जस्ता-ले पाकिस्तानको महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दै धेरै-स्त्रीय योजनाबद्ध साइबर आक्रमणहरू सञ्चालन गरे। ती हमलाहरू निकै योजनाबद्ध र समन्वययुक्त थिए। पाकिस्तान रेलवेको अनलाइन टिकट प्रणाली र सञ्चालन सञ्जालमा ठूलो असर पारेर राष्ट्रव्यापी सेवा अवरोध गराइयो। यो प्रणाली १६ मे २०२५ सम्म पुनः सञ्चालनमा आउन सकेको थिएन, जसबाट अनुमानित ५,४०,००० डलर बराबरको आर्थिक नोक्सानी भएको थियो।

कुल २३० साइबर घटनाहरू पाकिस्तानको साइबर प्रणालीमाथि रिपोर्ट गरिएका थिए। झण्डै १००० टेराबाइट डेटा नष्ट गरिएको थियो, जुन पाकिस्तान ग्यास विकास कम्पनी, PAF SHAHEEN FOUNDATION, पाकिस्तान सेना कल्याण कोष, DHA, MIS जस्ता संस्थाहरूको IT प्रणालीसँग सम्बन्धित थियो। यसले सेवा प्रणालीमा पूर्ण अवरोध ल्यायो। बैंकिङ नेटवर्क, अर्धसैनिक प्रणाली र पूर्वाधार विकास निकायहरूसमेत प्रभावित भए। पाकिस्तानको मेडिकल साइन्स विश्वविद्यालय (भारतको AIIMS सँग तुलना गरिन्छ) को डिजिटल प्रणाली पूर्ण रुपमा ठप्प भयो। सर्वोच्च अदालत, प्रहरी पोर्टल, र अन्य मन्त्रालयहरूका वेबसाइटहरू र ट्विटर अकाउन्द्रहरू ह्याक भई पछि गलत जानकारी फैलाउने र मानसिक असर पार्ने काममा प्रयोग गरियो।

मिडिया मा व्यापकचर्चा पाकिस्तानमाथिका साइबर आक्रमणहरूको समाचार क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियाहरूमा व्यापक रूपमा समेटिएको छ NEWS NETWORK PAKISTAN, RAZ TV, DAILY PARLIAMENT TIMES, र TIMES OF LIBERLAND जस्ता सञ्चार माध्यमहरूले भारतको साइबर क्षमताको बढ्‌दो उदयप्रति विशेष चासो देखाएका छन्। रणनीतिक महत्त्व र भविष्यको संकेत यो संघर्षले दक्षिण एसियाली साइबर प्रतिस्पर्धामा एक महत्वपूर्ण मोडको संकेत दिएको छ। भारतीय साइबर अपरेसनहरूले रणनीतिक तालमेल, प्रविधिक क्षमता, र योजना निर्माणद्वारा शत्रुका महत्वपूर्ण प्रणालीहरूमा आघात पुर्याएर ठूलो सन्देश दिएका छन्। नागरिक र हैक्टिभिस्ट् संसाधनहरूको संयोजनले भारतको प्रतिक्रिया प्रणालीलाई थपचुस्त बनायो।

अब साइबर युद्ध कुनै परिधीय कुरा नभई स्वतन्त्र र निर्णायक मोर्चा बन्न पुगेको छ। यसको विषमता, तीव्र फैलावट र जनमतमा प्रभाव पार्ने क्षमताले गर्दा साइबर युद्ध भविष्यमा भारतको सुरक्षा रणनीतिको एक प्रमुख हिस्सा बन्नेनिश्चित छ-विशेषगरी भारत-पाक र अन्मविश्वव्यापी संघर्षहरूमा।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM