बारा । बाराको जितपुरसिमरामा जारी व्यापार तथा सांस्कृतिक महोत्सवको साँगीतिक कार्यक्रममा अप्रत्याशित रुपमा प्रहरीद्वारा हस्तक्षेप गरिएको छ।भोजपुरी गायक सुनिल पण्डित आफ्नो प्रस्तुती दिइरहेका बेला आज राति करिब ९ बजे, प्रहरीले मञ्चमै चढेर कार्यक्रम बन्द गराएको हो। कार्यक्रम ढिलो रातिसम्म संचालन भएको भन्दै प्रहरीले स्टेजमै पुगेर माइक खोस्दै कार्यक्रम बन्द गराएको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडियोमा देखिएअनुसार,
कलाकारको प्रस्तुती चलिरहेको बेलामा प्रहरीले बलपूर्वक हस्तक्षेप गर्दै कार्यक्रम रोकिदिएको छ, जसले दर्शकहरू र गायक आफैंलाई पनि आश्चर्यचकित बनाएको छ।
स्थानीय बासिन्दाहरूले यस्तो व्यवहारलाई कलाकारको अपमान भन्दै विरोध जनाएका छन्। उनीहरूले सार्वजनिक कार्यक्रमको बीचमै कलाकारसँग यसरी दुर्व्यवहार गर्नु प्रहरीको गैरजिम्मेवारपन भएको बताएका छन्।कार्यक्रम आयोजक, स्थानीय प्रशासन, र प्रहरी कार्यालय बाराले यसबारे आधिकारिक प्रतिक्रिया दिन बाँकी छ









