२०८२ मंसिर २ गते मंगलवार

गौर भन्सारमा सुरक्षाकर्मीको ज्यादती: उपभोग्य सामग्री बोकेकालाई अनाहकमा रोक्ने प्रवृत्ति बढ्दो

मेवालाल यादव, रौतहट
गौर नाकामा साना व्यापारी र सर्वसाधारणले उपभोगका सामान ल्याउँदा पनि प्रहरीको अनावश्यक हस्तक्षेप झेल्नुपरेको गुनासो गरेका छन्। सीमावर्ती भारतबाट नुन, तेल, मसला, तरकारी, लत्ताकपडा जस्ता सामान ल्याउँदा सुरक्षाकर्मीले “भन्सार देखाऊ” भनेर रोकिने, धम्की दिने र कहिलेकाहीँ सामान नै जफत गर्ने गरेको स्थानियहरूको आरोप छ।

स्थानीय एक व्यापारी भन्छन् —
“दुई किलो चामल वा एक बोरा आलु ल्याउँदा पनि भन्छन् — स्क्यानिङमा जान्छ, भन्सार तिर्नुपर्छ। यस्तो व्यवहारले त हामी साना व्यापारीको जिउधनमा नै असर परेको छ।”

गौर नगरपालिका–३ की एक महिलाले भनिन् —
“दुई किलो दाल ल्याउँदा पनि प्रहरीले समाउँछ। यस्तो व्यवहारले डर डरमा बाँच्नुपरेको छ। कानुनी सामान ल्याउँदा पनि अपराधी जस्तो व्यवहार गरिन्छ।”

सुरक्षाकर्मीहरू सामान्य नागरिक वा साना व्यापारीमाथि मात्र कडाइ गर्ने तर ठूला व्यापारी र पहुँचवालालाई भने ‘छाडा’ छाड्ने गरेको आरोपसमेत लागेको छ।

कानुनविद्हरू भन्छन् —
“नागरिकको जीवन यापनमा आवश्यक सामग्रीलाई यसरी नियन्त्रण गर्नु, धम्की दिनु मानव अधिकारकै हनन हो। यो राज्य संयन्त्रको दुरुपयोग हो।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM