२०८२ मंसिर २ गते मंगलवार

स्ववियु बाजुरा क्याम्पस द्वारा भित्तेपात्राे विमाेचन

उमेश रोकाया

बाजुरा , जेष्ठ २ । स्वतन्त्र विद्यार्थी युनियन बाजुराका क्याम्पस मार्तडी बाजुराले २०८२ सालकाे भित्तेपात्राे विमाेचन कार्यक्रम गरेकाे छ।शुक्रबार एक औंपचारी कार्यक्रमका बिच स्ववियुले भित्तेपात्राे विमाेचन कार्यक्रम गरेकाे हाे।

बडीमालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अमर बहादुर खड्काले उक्त भित्तेपात्राेकाे विमाेचन गर्नु भएको हाे।नगर प्रमुख खड्काले ‘भित्तेपात्रो वितरण गर्नु स्वागत योग्य काम भएको बताउँदै संगठनलाई चलायमान बनाउँन र क्याम्पसकाे हक हितकाे निमित्त स्ववियुले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताए।

साथै स्ववियुले क्याम्परका विद्यार्थीहरुकाे शैक्षिक हकका निम्ती सधै आवाज उठाईरहने र शैक्षिक सुधारका लागि खबरदारी गर्नु पर्ने समेत बताए ।भित्तेपात्रो वितरण कार्यले समग्र क्याम्पस तथा बिध्यार्थी संगठनकाे प्रचार,क्याम्पसका गतिविधि तथा विभिन्न सुचना,विज्ञापन ग्रहण गर्न सहजकाे बनाएकाे खड्काले बताउनुभयाे।

कार्यक्रममा बाेल्दै कार्यक्रमका बिशिष्ट अतिथि तथा क्याम्पस प्रमुख रुप बहादुर राैलेले याे भित्तेपात्राे वितरण कार्य निकै स्वागत याेग्य रहेकाे बताए । समग्र क्याम्पस तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीको मुद्दामा केन्द्रित भएर विद्यार्थीको समस्यामा हातेमालो गर्दै अगाडि बढ्न स्ववियुलाई उनले आग्रह गरे।

बिध्यार्थीहरुका समस्या, मुद्दाहरुकाे सहजिकरण गर्न तथा सम्पुर्ण क्याम्पसकाे हकहितका निम्ति सङ्गठन लाग्ने प्रतिबद्धताका साथ श्रृजनशिल कार्य गरेकाेमा खुसि हुदैँ क्याम्पस प्रमुख राैलेले शुभकामना समेत दिनुभयाे।साथै स्ववियु परिवारलाई आगामी दिनहरुमा पनि यस्तै उदाहरणीय कार्य गर्दै जान समेत आग्रह गरेका हुन्।

स्ववियुले हरेक गतिविधि,क्याम्पस द्वारा गरिएका क्रीयाकलाप,विभिन्न कार्यालयका जनहितमा जारी सुचना,नगर तथा पालिकाका प्रमुखहरुका शुभकामना,स्ववियुकाे पाश्वचित्र,लगायतका सुचनाहरुकाे प्रचार प्रसार गर्ने हेतुले भित्तेपात्राे प्रकाशन गरिएकाे स्ववियु सभापति लक्ष्मण राेकायाले बताए ।

उनले भने,,“समग्र क्याम्पस तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीकाे हक हितकाे निमित्त भित्तेपात्राे प्रकाशन गरेका छाै।पात्राे प्रकाशन गरिरहदा केही गल्ती,कमजोरी हुनसक्छन् ती गल्ती कमजोरीहरुलाई आगामी दिनमा सुधार्दै लैजाने छाै ”।स्ववियु सिङ्गाे परिवार याे क्याम्पस तथा क्याम्पसका विद्यार्थीकाे हक हितकाे निम्ति जस्ताे सुकै कठिन अवस्थामा पनि लागीरहने उनले बताए ।

स्ववियुले आफ्ना केही गतिविधि सहितकाे ३ पानाकाे भित्तेपात्राे विमाेचन गरेकाे हाे।स्ववियुले आफ्नो बार्षिक कार्यक्रम अनुसार भित्तेपात्राे विमाेचन गर्दा अझै उत्कृष्ट हुने कार्यक्रममा बाेल्ने वक्ताहरुले बताएका थिए।

स्ववियु सभापती लक्ष्णम राेकायाकाे अध्यक्षतामा सञ्चालन भएको भित्तेपात्राे विमाेचन कार्यक्रममा बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्का प्रमुख अतिथि रहनु भएको थियाे।त्यस्तै विशिष्ट अतिथिमा सहायक क्याम्पस प्रमुख भिम बिष्ट,पुर्व क्याम्पस प्रमुख सुरेश पण्डित लगायत रहेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ बाजुरामा सचिव प्रेम राैले,प्रेस चाैतारी नेपाल बाजुरामा अध्यक्ष लक्ष्मीराज पाध्याय,प्रेस युनियन बाजुरामा काेषाअध्यक्ष तथा पत्रकार महासंघका सह- सचिव जनक बाेहरा,प्रेस चाैतारी नेपाल बाजुराका सचिल सुशील राेकाया लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थी,स्ववियुका पदाधीकारी लगायतकाे सहभागीता थियाे ।स्ववियु सदस्य दिपक वडुवालले स्वागत मन्तब्य राखेकाे कार्यक्रमकाे सञ्चालन स्ववियु सचिव बल बहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM