२०८२ मंसिर २ गते मंगलवार

५५ वर्षपछि नागरिकता पाउँदा धना वादी खुसी

बाजुरा, जेष्ठ १ – बाजुराको गौमूल गाउँपालिका–४ मानाकोटकी ५५ वर्षीया धना वादीले बुधबार नागरिकता प्राप्त गरेकी छन्। प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कानुनी प्रक्रिया पूरा गरी उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।वादीको माइती घर डोटीको सिलगढी भएपनि विवाहपछि बाजुरा आएकी थिइन्। श्रीमान् सात वर्षअघि भारत गएका तर हालसम्म सम्पर्कमा नरहेपछि र अरु आफन्त पनि नहुँदा उनी नागरिकता विहीन बनेकी थिइन्।

नागरिकता नहुँदा उनी सुकुम्बासी फारम तथा वडा कार्यालयका सेवा–सुविधाबाट समेत वञ्चित रहँदै आएकी थिइन्। उनका एक छोरा र दुई छोरी छन्।प्रमुख जिल्ला अधिकारी पाध्याको पहल र प्रयासपछि नागरिकता प्राप्त गरेकी वादीको मुहारमा खुसी छाएको वडा अध्यक्ष अमर बहादुर विकले बताए। प्रमुख जिल्ला अधिकारी पाध्याले जिल्लामा वञ्चित नागरिकलाई कानुनी प्रक्रिया अनुसार नागरिकता उपलब्ध गराउने अभियान जारी रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM