२०८२ मंसिर २ गते मंगलवार

परोहा नगरपालिका–३ तेजापाकडमा नेपाली कांग्रेसबाट  ६ उम्मेदवार, टिकट कसलाई भन्ने अन्योल कायमै

मेवालाल यादव 

परोहा नगरपालिका–३ तेजापाकडमा आउँदो स्थानीय तह निर्वाचन २०८४ का लागि नेपाली कांग्रेस पार्टीभित्र वडा अध्यक्ष पदमा उम्मेदवारीको तयारी तीव्र बनेको छ। यस पटक नेपाली कांग्रेसबाट छ जना आकांक्षी उम्मेदवार रहेको छ । वडा अध्यक्षको टिकटका लागि दौडधुप भइरहेका भएका छन्।

टिकटका आकांक्षीहरूमा शेख जुमाइ, महेश सिंह, हृदयलाल कुशवाहा, धिरज यादव, मुकेश कुशवाहा, र विशेष पसवान रहेका छन्। ती सबै उम्मेदवारले आफू योग्य र जनसमर्थन प्राप्त भएको दाबी गर्दै टिकट पाउने आशा व्यक्त गरेका छन्।

हालसम्म स्थानीय स्तरमा ती उम्मेदवारहरूमध्ये कसको पक्षमा वडाबासी जनताको समर्थन रहने भन्ने विषयमा कुनै स्पष्टता छैन। जनताले कसलाई समर्थन गर्ने भन्ने टुंगो नलागेको हुँदा आगामी निर्वाचनका दिनहरूसम्म परिस्थिति थप रोचक बन्ने संकेत देखिएको छ।

यसैबीच नेपाली कांग्रेसका स्थानीय नेताहरूले समेत कसलाई टिकट दिने भन्ने निर्णयमा अझै छलफल नरहेको देखिएको छ ।पार्टीभित्रको आन्तरिक समीकरण, उम्मेदवारको लोकप्रियता, संगठनप्रतिको योगदान तथा जातीय–भौगोलिक सन्तुलनजस्ता पक्षलाई मूल्यांकन गरी अन्तिम निर्णय गरिने भएको छ।

२०८४ सालको स्थानीय निर्वाचन नजिकिँदै गर्दा तेजापाकडको यो वडामा हुने प्रतिस्पर्धा नेपाली कांग्रेसभित्रकै एउटा महत्वपूर्ण राजनीतिक चासोको विषय बन्ने देखिएको छ। टिकट कसले पाउने र जनताले कसलाई समर्थन गर्ने भन्ने कुरा अब समयले मात्र बताउनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM