प्रमोद सहनी
मकवानपुर, वैशाख २८। मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले आइतबार दिउँसो करिब २ बजे पदमपोखरी वडा कार्यालय नजिकै सडकको छेउमा शंकास्पद रूपमा बसेका व्यक्तिहरुलाई जाँच गर्दा लागूऔषध फेला पारेको हो।
जिल्ला ऐन अनुसार बस्ने वर्ष २५ का अजित दोङ र वर्ष २१ का विनय लामालाई चेकजाँच गर्दा उनीहरुको साथबाट ट्रामाडोलका २५ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। सोधपुछको क्रममा उनीहरुले लागूऔषध सरिता माझी नाम गरेकी महिलाबाट खरिद गरेको स्वीकार गरेपछि प्रहरीले थप अनुसन्धान गर्दै हेटौंडा उपमहानगरपालिका–२ स्थित मानसचोकमा रहेको नेपाली चुलो होटलमा छापा मारेको थियो।
उक्त होटलमा संचालक सरिता माझीसहित वर्ष २२ का उदय राई र वर्ष २९ का मनिष तिमल्सिनालाई पनि नियन्त्रणमा लिई खानतलासी गर्दा थप २६२ क्याप्सुल ट्रामाडोल र ३० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
.
पक्राउ परेका पाँचै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान गर्नका लागि मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको र हाल अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।









