विश्व हिन्दू परिषद् नेपाल (VHP नेपाल) ले जानकी नवमीको पावन अवसरमा अलौकिक कन्यापूजन समारोह जनकपुरधाम, राजबिराज, विराटनगर लगायत देशभरि भव्यताका साथ सम्पन्न गरेको छ। यस पवित्र आयोजनाले हिन्दू धर्ममा मातृशक्तिकाे पुजनीय स्थान रहेको तथ्य बाेध गराएको छ।
साथै हाम्रो समाजमा व्याप्त महिला हिंसा, भ्रूण हत्या र दाइजो प्रथा जस्ता सामाजिक विकृतिहरू उन्मूलन गर्ने संकल्पलाई सुदृढ बनाउँदै महिला सशक्तीकरण र न्यायपूर्ण, समरस समाज निर्माणमा कार्यक्रम केन्द्रित रहेको छ। विश्व हिन्दू परिषद् नेपालले धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य र हिन्दू मानबिन्दूहरुको प्रचार-प्रसार गर्दै विविध कार्यक्रमहरू मार्फत समरस समाज निर्माण हेतु प्रयास गर्दै आएको छ। आगामी दिनहरू मा अझ व्यापक सहभागिता र प्रभावकारी पहलहरूबाट विषमता रहेको समाजलाई परिवर्तन गर्ने लक्ष्य राखिएको छ।









