२०८२ फाल्गुन १९ गते मंगलवार

बागमती प्रदेशमा भोलि बुधबार सार्वजनिक विदा, मातृभाषाको सम्मानमा विदा घोषणा

प्रमोद सहनी

मकवानपुर बैशाख २३ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले मातृभाषा सम्मान तथा प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले “सरकारी कामकाजको भाषा सम्बन्धी दिवस” को अवसरमा भोलि बुधबार २४ गते विदा दिने निर्णय गरेको हो।

 

यस सम्बन्धमा बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचनामार्फत जानकारी गराइएको छ। सूचनामा प्रदेश सरकारअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, तथा शिक्षण संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ।

प्रदेश सरकारले मातृभाषाको प्रयोगलाई सुदृढ बनाउने र सरकारी कामकाजमा समेत यसको सम्मान सुनिश्चित गर्न जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विदा घोषणा गरेको हो। साथै, नागरिकहरूलाई मातृभाषा संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM