२०८२ फाल्गुन १ गते शुक्रबार

रौतहटमा म्याजिक दुर्घटना, पाँचजना यात्रु सामान्य घाइते

करण मिश्रा,रौतहट

चपुर गौर सडकखण्ड अन्तर्गत सखुअवा जयनगरको बीच भागमा रहेको गजेन्द्र नारायण स्मृति अस्पताल नजिक यात्रुबाहक म्याजिक दुर्घटनामा परेको छ।

गौरबाट गरुडातर्फ जाँदै गरेको ना।१ ज ८२६३ नम्बरको म्याजिकले ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय शिवनगरका इन्चार्ज राजेश कुमार सिंहले जानकारी दिए।

दुर्घटनामा परी म्याजिकमा सवार पाँच जना यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरुलाई शिवनगरस्थित संजीवनी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरुको अवस्था सामान्य रहेको पनि सिंहले पुष्टि गरे।

दुर्घटनापछि म्याजिक र ट्रक दुबैलाई प्रहरी नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सिंहले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM