२०८२ फाल्गुन १ गते शुक्रबार

हेटौंडा बसपार्कबाट ३० किलो गाँजासहित महिला पक्राउ

प्रमोद सहनी
मकवानपुर, वैशाख २२

हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्क क्षेत्रबाट ३० किलो लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्।विशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब १० बजे प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–०१ ज ९७४ नम्बरको इभी गाडी रोकेर जाँच गर्दा उक्त गाँजा बरामद भएको हो।

प्रहरीका अनुसार चितवनको राप्ती नगरपालिका–८, खुरखुरे बस्ने करिब ३० वर्षीया लालमाया तामाङले गाडीको छतमाथि जेब्रा झोलामा लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला परेको थियो। तीनवटा पोका झोलाभित्र रहेको र तौल गर्दा कुल ३० किलो पुगेको प्रहरीले जनाएको छ।

हाल तामाङलाई लागूऔषधसम्बन्धी कसुरमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM