२०८२ माघ १० गते शनिबार

राैतहटमा सालकाे काठसहित ५ थान साइकल नियन्त्रणमा

अशोक यादव

राैतहट, बैशाख २२ । राैतहटकाे चन्द्रपुर नगरपालिका वडा नं. १० बडेरवा र वडा नं. ९ नजरपुर नहर क्षेत्रबाट अबैध सालकाे गाेलिया काठसहित ५ थान साइकल नियन्त्रणमा लिइएको छ।

ईलाका प्रहरी कार्यालय डुमरियाका अनुसार बैशाख २० गते डुमरिया प्रहरी चौकी र चेतनगर प्रहरी टोलीले संयुक्त रूपमा उक्त काठ बरामद गरेका हुन्। नियन्त्रणमा लिइएको काठको परिमाण करिब २०.३ क्युफिट रहेको जनाइएको छ। काठ विभिन्न साइजका १८ थान गोलिया स्वरूपमा रहेको छ।

प्रहरीका अनुसार अबैध रुपमा लोड गरिएको अवस्थामा फेला परेका साइकल र काठ सोमबार थप कारवाहीका लागि डिभिजन वन कार्यालय, चन्द्रनिगाहपुरमा पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM