२०८२ माघ १० गते शनिबार

कालिकोटमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

जीवन देवकोटा

कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आईतबार साँझ ताडी बजारबाट घर फर्किंदै गरेका स्थानीय ४० वर्षीय धनकृष्ण पाण्डे सवार कर्णाली प्रदेश ०२००२ प ५८७६ नम्बरको मोटरसाइकल तिला कर्णाली बहुमुखी क्याम्पस नजिकैबाट दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिंदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार, मोटरसाइकल सडकबाट करिब ५०० मिटर तल खसेको थियो र मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM