उमेश रोकाया
बाजुरा , बैशाख १७ । बाजुरा जिल्ला पुर्वी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका जेहेन्दार तथा विपन्न परिवारकालाई शैक्षिक सामाग्री झोला वितरण गरिएको छ । वडा नम्बर २ रहेको राघुमाता माध्यमिक विधालय कक्षा १ देखि ५ सम्मको १ सय जना बिद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरेका छ।
वेस्टन कोलोरयाडो फ्रेन्डस् अफ द हिमालय अमेरिकाको आर्थिक सहयोगमा र रीता देवि जनएकता फाउन्डेसन नेपालको सहकार्यमा बाजुराको अति विकट स्वामिकार्तिक खापर गाउँपालिका २ स्थिति राघुमाता माध्यमिक विधालय कक्षा १ देखि ५ सम्मको १ सय जना बिद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरिएको सामाजिक अभियन्ता रिता शाहीले बताउनुभयो ।
सहयोगको लागि संस्थाको अध्यक्ष बाल बर्नेल उपाध्यक्षः आड दनु शेर्पा सचिब तथा कोषाध्यक्षः निमा ल्हमु शेर्पा सदस्य केल्भिन केन्ट लगायत सम्पुर्णलाई धेरै धन्यवाद दिएका छन । दुर्गम ठाउँमा स्कुलका विद्यार्थीहरुलाई सानो सहयोगले ठुलो राहत भएको छ । विकट ठाउँका विद्यार्थीको सहयोगले मलिन मुहारमा खुसि देख्दा मनमा आनन्द आयोको महसुस भएको छ । मानवसेवा नै सबैभन्दा ठुलो धर्म होू शाहीले बताएका छन ।
दुर्गम भेगका विधालय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री दिदा राहत भएको छ । सानोतिनो गरिबीपन र दुर्गम ठाउँका बालबालिका झोला सहयोग हुँदा खुसी व्यक्त गरेका छन । थप विद्यार्थीलाई पठनपाठन उर्जा पुगेको छ । सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद दिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन ।









