उमेश रोकाया
बाजुरा , बैशाख १५ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल हिमाली गाउँपालिकामा प्रथम परिषद गरिएको छ । “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार समावेशी सुशासन र हरित अर्थतन्त्रको आधार” भन्ने मुल अभियानका साथमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल हिमाली गाउँपालिका उपाध्यक्ष ओमसान्ती मल्लको अध्यक्षतामा प्रथम परिषद गरिएको छ ।
उहाँले बताउनुभयो , “जिल्ला महासंघ धेरै पहिले भएको रहिछ । वृक्षरोपण, सामुदायिक वन भित्र नियन्त्रण गर्ने कुरा २०७९ सालमा हिमाली गाउँपालिका महासंघ दर्ता गरेर आधिकारिक भएको हो । भौगोलिक विकटले सूचना समय पाउन सकिदैन । जुन अहिले पाँच वर्षीय कार्यक्रम आएको छ । प्रत्येक उपभोक्ता समुहलाई गएर रणनीति, कार्यविधि बनाउने काम वन संरक्षण गर्नु मुख्य उद्देश्य रहेकोे छ । वरिपरि वन आफ्नो अधिकार दिएर महासंघ विशेष भुमिका रहेकोे सामुदायिक वन उपभोक्ता महासंघ बाजुरा जिल्ला उपाध्यक्ष अर्जुन रोकायाले बताउनुभयो ।”
हिमाली गाउँपालिका भरी ४२ वटा समुदाय दर्ता भएका छन । त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ २३ वटा सामुदायिक वन आबद्ध भएका छन । सामुदायिक वन महासंघ भनेको छाता संगठन मानिन्छ । प्रत्येक वर्ष वन सामुदायिक महासंघ आबद्ध वन समुदायहरुले नवीकरण गर्नुपर्छ । वन भनेको जीवन हो । वन रहयो पानी संगै जीवन रहेकोे छ ।
उहाँले बताउनुभयो , “हिमाली गाउँपालिका भएका सम्पूर्ण सामुदायिक बन उपभोक्ता समुह कार्ययोजना नवीकरण गर्ने बाकी रहेका सामुदायिक वनहरुले जेष्ठ १५ गतेभित्र कार्ययोजना नवीकरण गर्ने निर्णय गरिएको छ । सामुदायिक वन उपभोक्ता समिति जिल्ला महासंघ आबद्ध नभएका सामुदायिक वनले महासंघ दर्ता गर्ने जेष्ठ ३० गतेभित्र महासंघमा आबद्ध र नवीकरण गर्ने भनिएको छ । सामुदायिक बनहरुले पाना नम्बर नलिएका सामुदायिक वनहरुले यही आउदो जेष्ठ महिना भित्रसम्म पाना नम्बर निकाल्ने निर्णय गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाजुराका अध्यक्ष सीता बरालले बताउनुभयो ।”
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल हिमाली गाउँपालिकामा प्रथम परिषद अध्यक्षता सामुदायिक बन महासंघ हिमाली गाउँपालिका उपाध्यक्ष ओमसान्ती मल्ल प्रमुख अतिथि हिमाली गाउँपालिका ६ का कार्यवाहक वडा अध्यक्ष बिष्णुराज पाण्डे बिशिस्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाजुराका उपाध्यक्ष अर्जुन रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश पाण्डे लगायत उपस्थितिमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल हिमाली गाउँपालिकामा प्रथम परिषद सम्पन्न गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल हिमाली गाउँपालिकामा उपाध्यक्ष ओमसान्तीले बताउनुभयो ।









