उमेश रोकाया
बाजुरा , बैशाख १५ । नेपाली कांग्रेस स्वामीकार्तिक खापर गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन सम्पन्न गरिएको छ । नेपाली काङ्ग्रेस स्वामीकार्तिक खापर गाउँपालिका गाउँकार्य समितिको आयोजनामा द्रोसो गाउँ सम्मेलन भव्य रूपमा बैशाख १४ गते आइतबार सुइजिउलामा गरिएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय तथा जिल्लाको निर्देशन अनुसार वडामा सय दिने अभियान स्वामीकार्तिक खापर गाउँपालिका पाँच वटै वडामा सम्पन्न गरिसकेपछि नेपाली काङ्ग्रेस स्वामीकार्तिक खापर गाउँ कार्यसमिति आयोजना नेपाली काङ्ग्रेस दोस्रो गाउँ सम्मेलन गरिएको छ ।
उहाँले बताउनुभयो , ूनेपाली काङ्ग्रेस पाटी एक महिना अगाडि क्रियाशीलता नयाँ दिने पुरानो नवीकरण गर्ने काम गरिएको थियोे । नेपाली काङ्ग्रेसको विशेषगरी सय दिने अभियान कार्यक्रम वडा सकिए लगत्तै पालिकामा नेपाली काङ्ग्रेस दोस्रो गाउँ सम्मेलन गरिएको छ ।ू पाटी सुदृढीकरण संगै जुन नेपाली काङ्ग्रेस आउदो चुनावमा कसरी अगाडि बढ्ने जस्ता कुरामा छलफल कार्यक्रम गरेको छ ।
नेपाली काङ्ग्रेस सय दिने अभियान कार्यक्रममा वडा टोलका पाटीको कमीकमजोरी संगै सुधार गर्नुपर्ने दुबै राम्रो नराम्रो पक्षलाई औल्याउँदै जिल्लामा प्रतिवेदन बुझाउनुपर्ने अवस्था छ । नेपाली काङ्ग्रेस पाटी संगठन बलियो बनाउन गाउँ वडा पालिका जिल्ला प्रदेश र केन्द्र सम्मका नेतृत्व गर्ने नेताकार्यकर्ता विशेष भुमिका रहेकोे नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख धनराज पण्डितले बताउनुभयो ।
उहाँले बताउनुभयो , ूहाम्रो नेपाली काङ्ग्रेसको लडाइ प्रतिपक्ष संग होइन किन हाम्रो लडाइँ विकट गाउँ ठाउँको विकास निकास युवा रोजगार मुलक बनाउन संगै यहाँका पिछडिएको ठाउँमा माथी उठाउन हाम्रो कदम रहेकोे छ । जहाँ मिसन संग नलागेर भिजन बोकेर गाउँ बस्तीमा जाने हाम्रो पाटी नेपाली काङ्ग्रेस हो ।ू अब आउँदा ८४ मा बाजुराका सबै स्थानीय तहमा नेपाली काङ्ग्रेस सरकार ल्याउने भुमिकामा लागेको नेपाली काङ्ग्रेस बाजुराका पुर्व सभापति कविराज पाण्डेले बताउनुभयो ।
नेपाली काङ्ग्रेस स्वामीकार्तिक खापर गाउँ कार्यसमिति सभापति महेश कटेल सभा अध्यक्षमा कार्यक्रम सञ्चालन गरिएको छ । प्रमुख अतिथि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री तथा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्का बिशिस्ट अतिथिमा महाधिवेशन प्रतिनिधि तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना दानी, नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख धनराज पण्डित रहनु भएको छ ।
त्यसैगरी नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि पदम गिरी, नेपाली काङ्ग्रेस बाजुराका पुर्व पाटी सभापति कविराज पाण्डे अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य दल बहादुर मल्ल लगायत क्षेत्रीय प्रदेश कार्यसमिति, गाउँ कार्यसमिति, वडा र टोल कार्यसमिति नेताकार्यकर्ता उपस्तिथिमा नेपाली काङ्ग्रेस दोस्रो गाउँ सम्मेलन गरिएको नेपाली काङ्ग्रेस स्वामीकार्तिक खापर गाउँ कार्यसमिति सभापति महेश कटेलले बताउनुभयो ।
विना स्वार्थमा नेकपा एकीकृत समाजवादी पाटी स्वामीकार्तिक खापर गाउँपालिका कार्यसमिति अध्यक्ष दिवजङ नाथ र नेकपा एमाले पाटी परित्याग गरेर शिव नाथ, शिद्द नाथ, गाने महतारा, रुद्र विक, अर्बिन्द विक, कांसि विक, रण विक, दिल विक, शेर विक, बक्कु विक ,राजु कामी, मर्मा विक, आछरि विक, रंगिता विक सहित १५ जना नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरिएको गाउँ कार्यसमितिले जनाएको छ ।









