बाजुरा , बैशाख १४ । यो ठाउँको विकास गर्नका लागि हामी सबै राजनीतिक दल एक ठाउँमा भएर विकास गर्नुपर्छ । यहाँको विकास गर्न हामी सबैको दायित्व हो । हामी मिलेर बिकास गर्नुपर्छ । सकारात्मक सोच, चिन्ता हुनुपर्छ । बाजुरा जिल्ला जुनसुकै ठाउँको बिकास गर्नका लागि गर्नसक्ने कामहरूमा लागिपर्ने सुदुरपश्चिम प्रदेश माननीय जुना दानिले बताउनुभयो । स्वामीकार्तिक खापर गाउँपालिकामा बृहत लोक साँस्कृतिक उत्सव सुदूरपश्चिम प्रदेश माननीय जुना दानीको अनुसार साँस्कृतिक संरक्षण गर्न यहाँको स्थानीय तह, प्रदेश र संघ सरकारको सबैको जिम्मेवारी रहेकोे छ ।
साँस्कृतिक संरक्षण गर्नुपर्छ भन्ने हिसाबले आफु यो कार्यक्रम समावेश भएको कुरा राख्नु भएको छ । यहाँका राजनीतिक दलका नेताहरू विकास गर्ने सोचमा अगाडि बढिरहेका छन । स्वामीकार्तिक खापर गाउँपालिका सहित बाजुराका सबै ठाउँको बिकासका लागि प्रदेश जोड दिएको छौँ । नसकिने बजेट कामहरू संघ सरकार संग पहल कदम रहेकोे छ । सबै राजनीतिक दलहरू एक ठाउँमा भएर बिकास गर्नुपर्छ । हामी जनताको सेवाको लागि राजनीतिक लागेको हौँ । त्यसैले नेपाली काङ्ग्रेस, एमाले र माओवादी भन्ने होइन कोही कसैको सतुर होईन, बिरोध होईन विशेषगरी हाम्रो विरोध यहाँका जनताको गरिबी, असहाय र भोगमरी अभाव कुरा हो बुझेका छौँ । अहिले केहि मान्छेहरु राजनीतिकमा लागेका छन् । केही मान्छेहरू राज चाहियो भनेका छन । राजाको पालामा विकास निकास हेर्नुहोस गणतन्त्र आइसकेपछि विकास हेर्दा आकाश पातल फरक पाइन्छ । राजाको पालामा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, विद्युत र संचार क्षेत्रमा बिकास धेरै गाउँ ठाउँको बिकास मुहार फेरबदल भएको छ ।
अहिले प्रत्येक गाउँमा सडक, खानेपानी, विधालय, स्वास्थ्य र टेलिफोन टावर विस्तार संगै हातहातमा मोबाईल ईन्टरनेट सेवा सुबिधा पाएका छन । पहिला खानेपानी ल्याउन गाउँबाट घन्टौं हिडेर पालो कुर्नुपर्ने स्थित थियोे । अहिले त्यसको पनि समस्या अन्त्य भएको छ । कर्णाली डोरी भरमा वारपार गर्नुपर्ने वर्षमा धेरै ज्यान जान्थ्यो । अहिले ३/४ झुलेङ्गे पुल निर्माण संगै आवतजावत सहज भएको छ । पहिला हुनेखानेले टुकी बाल्ने केहि नहुने मान्छेले छरो बाल्नु, अहिले लोकतन्त्र आइसकेपछि घर घरमा बिजुली प्रयोग गरेका छन । धेरै वर्ष अगाडिको कुरा हो, चामल , नुन मार्तडी कोल्टी बजारमा गएर पिठ्युँ बोकेर ल्याउनुपर्ने अवस्था अहिले गाउँ घरमा उपलब्ध गरिएको छ । महिला मान्छे प्राय चुलो चौको सिमित भएका महिलाहरू राजनीति मुलधार अग्रसरता भएका छन ।
राज्य महिलाको अधिकार छुट्याएपछी पालिका उपाध्यक्ष/उप-प्रमुख देखि रास्ट्रपति सम्म महिला पुगेका छन । लोकतन्त्र व्यवस्थापन भनेको जनताले शासन पाउन र हकहित अधिकार देखि सुशासन पाउन भन्ने हो । राजनीतिक काम परिवर्तन गर्न हो । लोकतन्त्र सबैभन्दा राम्रो व्यवस्था हो । ४० वर्ष राजाको काम कस्तो दुख थियोे । अहिले बुढापाखा लाई थाहा छ । विकास गर्नका लागि हामी सबै राजनीतिक दल एक ठाउँमा भएर विकास गर्नुपर्छ ।









