बाजुरा , बैशाख १२ । जिल्लाको पुर्वी क्षेत्रमा रहेको बुढिनन्दा नगरपालीकामा टियरफण्ड र आई.एन. एफ. नेपाल द्धारा संचालीत लैंगीक उत्थानसिलता प्रतिकृकिो लागी वातावरण र आर्थिक दिगोपना परियोजनाले इस्टर सन्डे र गुड फ्राइडेको उपलक्षमा राहात सामाग्री वितरण गरेको छ ।
आई.एन. एफ. नेपालले बुढिनन्दा नगरपालीका वडा नं ४ सिमकुरु निवासी अति विपन्न घर परिवारलाई २ बोरा चामल,२ के.जी दाल र १/२ लिटर तेल सहयोग गरिएको जनाएको छ । राहात वितरणको क्रममा परियोजनाका अधिकृत रुक्साल पण्डितले आई.एन. एफ. नेपालले जिसस क्राइसको देहान्त र पुर्नर जिवनको सम्झनामा गुड फ्राइडे र इस्टर सन्डे मनाउदै आइरहेको बताए । बुढिनन्दा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जुलफे रोकायाले आई.एन. एफ. नेपालको कर्मचारीहरुलाई उत्सव मनाउनको लागी आएको खर्चलाई सम्पुर्ण कमचारीहरुले आफुले खर्च नगरी समुदायका विपन्न वर्ग घरपरिवारलाई सानो राहात स्वरुप सहयोग गरेकोमा धेरै धन्यवाद व्यक्त गर्नु भएको वडा अध्यक्ष जुलफे रोकायाले बताउनुभयो ।









