प्रमोद सहनी
मकवानपुर, बैशाख ११। मकवानपुरको रातोमाटेमा सोमबार बिहान गरिएको एक नियमित चेकजाँचले एक गम्भीर लागुऔषध तस्करी सञ्जालको पर्दाफास गरेको छ। हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बारा जिल्लाबाट आउँदै गरेको एउटा पिकअप गाडी रोकेपछि लुकेको थियो ५७,५०० ट्रामाडोल क्याप्सुल एक शक्तिशाली नशालु औषधि मधेश प्रदेश ०२(००१ च १४३८ नम्बरको पिकअप गाडीबाट प्रहरीले ट्रामाडोल ज्थमचयअजयिचष्मभ क्ष्।ए छण्mन का क्याप्सुलहरू गाडीको अगाडिको इन्जिनमा लुकाइएका अवस्थामा बरामद गरेको हो। पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ का २५ वर्षीय तिर्थलाल पासवान र २३ वर्षीय सुनिल पटेल रहेका छन्।
नेपालमा एक गम्भीर सामाजिक संकट बन्दै गएको छ। चिकित्सकीय रूपमा प्रयोग हुने यो औषधि सस्तोमा उपलब्ध हुने नशाका रूपमा लोकप्रिय बन्दै गएको छ। बजार मूल्य अनुसार जफत गरिएको ट्रामाडोलको अनुमानित मूल्य ४ लाख १४ हजार रुपैयाँ बराबर रहेको छ। प्रहरीका अनुसार उक्त गाडी सीमावर्ती सहर सिम्रौनगढबाट हेटौंडा बजारतर्फ आउँदै थियो। 
प्रारम्भिक अनुसन्धानले ट्रामाडोल तस्करीको यो घटना भारत–नेपाल सीमासँग जोडिएको संगठित आपराधिक सञ्जालको हिस्सा हुन सक्ने संकेत दिएको छ।
“यो एउटै घटनाको कुरा होइन, पछाडिबाट चलिरहेको नेटवर्कलाई हामी ट्रेस गर्न थालेका छौं,” अनुसन्धानमा संलग्न प्रहरी नयाव उपरिक्षक स्यामु अर्यालले बताए।
पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ।
यो घटनाले फेरि पुष्टि गरिदिएको छ — नेपालमा लागुऔषध कारोबारको जरा सीमावर्ती क्षेत्र हुँदै गहिरो बनिरहेको छ, र यसमा संलग्न समूहहरू टेक्निकल, संगठित र अत्यन्त सतर्क छन्। स्थानीय स्रोतका अनुसार ट्रामाडोल मात्र होइन, यस्तै प्रकारका ओपिओइड औषधिहरूको तस्करीमा अहिले दर्जनौं गाडीहरू प्रयोग भइरहेका छन्।
सामान्य ट्रान्सपोर्ट गाडी, मोटरसाइकलदेखि एम्बुलेन्ससम्म तस्करीमा प्रयोग भएको तथ्य प्रहरीले विगतमा पुष्टि गरिसकेको छ।









