कालीकोट ।जिल्लाको खाँडाचक्र नगरपालिकामा करार कर्मचारीले तालाबन्दी गरेका छन् । ९ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
२०८१ साउनदेखि वडा कार्यालय र नगरपालिकाको निर्देशनमा काम गरे पनि ९ महिनादेखि तलब नपाएको भन्दै नगरपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक,पशु प्राविधिक आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि कार्यालय भित्र निमित्त प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढा लगायत केही कर्मचारी समेत थुनिएका छन् । सर्वसाधारणको कामकाज नै ठप्प भएको छ। नगरपालिकामा काम लिएर पुगेका सेवाग्राहीहरू भने निराश भएका छन्। आन्दोलन गर्नु रहर नभई बाध्यता भएको करार कर्मचारीले बताएका छन् ।









