प्रमोद सहनी / मकवानपुर , बैशाख १०
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ स्थित धबोडी खोल्सामा शंकास्पद वस्तु फेला परेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १०१ किलो ३१० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
स्थानीय बासिन्दाबाट “धापतर्फ जाने बाटोमा रहेको होमपाइपभित्र शंकास्पद वस्तु देखिएको” भन्ने खवर प्राप्त भएलगत्तै प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो।
जाँच गर्दा रातो प्लास्टिकले बेरेर पोको बनाई होमपाइपको भित्र लुकाइएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको हो।
उक्त गाँजा धापतर्फ जाने बाटोमा रहेको होमपाइपको भित्रपट्टि रातो प्लास्टिकमा बेरेर पोको बनाई लुकाइएको अवस्थामा फेला परेको हो। स्थानीयबाट शंकास्पद वस्तु रहेको खबर प्राप्त भएलगत्तै प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो।
जाँच गर्दा रातो प्लास्टिकले बेरेर पोको बनाई होमपाइपको भित्र लुकाइएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजा हाल प्रहरीको नियन्त्रणमा राखिएको छ भने यस विषयमा आवश्यक अनुसन्धान र गाँजा लुकाउने व्यक्तिको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
हालसम्म कसैले पनि उक्त गाँजाको स्वामित्व नलिएको र गाँजा लुकाउने व्यक्तिको पहिचान हुन नसकेकोले अनुसन्धानलाई थप व्यापक बनाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीका अनुसार यस घटनालाई लागुऔषध तस्करीसँग जोडेर गम्भीर रूपमा लिइएको छ र आवश्यक प्रमाण संकलन तथा निगरानी कार्यलाई तीव्रता दिइएको छ।









