बाजुरा , बैशाख ८ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिका – २ मा रहेकोे नातिखोला लघु जलविद्युत योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । कादुरी अग्रिकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल द्वारा निर्माणकार्य सम्पन्न गरेर उपभोक्तालाई हस्तान्तरण समेत गरिएको छ ।
उहाँले बताउनुभयो , “भूगोल अप्ठ्यारो थियोे । विद्युत निर्माण गर्दा सहयोग गर्ने वडा अध्यक्ष तथा गाउँपालिकालाई धन्यवाद दिएको छन । विभिन्न चुनौती कामलाई सामान गर्दै अहिले बिजुली बाल्न सकिएको हो । नातिखोला लघु जलविद्युत योजनाको १ सय किलोवाट क्षमता रहेकोे छ । यसको करिब १४ करोड ३१ लगानी गरेर दुई वर्ष भित्र विद्युत निर्माणकार्य सम्पन्न गरिएको अग्रिकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल प्रोजेक्ट म्यानेजर देविन्द्र श्रेष्ठले बताउनुभयो ।”
हिमाली गाउँपालिका – १,२ र ३ वडा हुम्ला जिल्ला ताजकोट गाउँपालिका – ३ मासपुर गाउँ सहित ७०० सय घरधुरी लाभान्वित रहेका छन । गाउँमा मात्र नभई लेखतिरका छानामा बिजुली जडान गरिएको छ । यसको व्यवस्थापन गर्न वडा देखि समिति काधमा आएको छ । यसको मर्मत सानोतिनो आफैले गर्नुपर्ने हुन्छ । यदि ठुलो विपद पर्यो भने कादुरी संस्थाले हेर्न भएको छ । बिजुली प्रयोग गरेबापत प्रत्येक घरले २ सय दरले तिर्न कुरा समेत भएको श्रेष्ठले बताउनुभयो ।
उहाँले बताउनुभयो , “आज हामी खुशी छौँ । खुशिको दिन, हामी सबैको मुहार खुशी छाएको छ । विद्युत दुर्गम ठाउँमा सञ्चालन हुँदा यहाँ सबै खुसी छौँ । हिमाली गाउँपालिका – १,२ र ३ नम्बर वडामा बिजुली बत्ति सञ्चालन आएको छ । कादुरी संस्थाले आर्थिक र प्राबिधिक सहयोग गर्दा हामी सबै खुशी छौँ । आर्थिक वर्ष २०७५/०७६ बाट हिमाली गाउँपालिकामा लागू भएको हो । आफ्नो अघिल्लो कार्यकाल लामो प्रयासले हिमाली गाउँपालिका कादुरी संस्था लागु गरेर शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा धेरै ठाउँमा काम गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।”
पहिलोपटक कादुरी संस्थाले हिमाली गाउँपालिका धुलाचौरमा आँखा स्वास्थ्य शिविर सञ्चालन गर्दा १२४ जनाको आँखा अप्रेसन गरेका थियौ । त्यसपछि बिच्छ्याका विधालय क्षेत्रमा बोर्ड वितरण देखि विभिन्न कार्यक्रम गर्ने काम गर्यो । त्यस लगत्तै फेरि बिच्छ्यामा हाल हिमाली गाउँपालिका १ र ३ वडामा सोलार सहयोग गरिएको हो । अहिले बिच्छ्या गाउँ गाउँमा विद्युत सञ्चालन गरिएको छ । यसका लागि कादुरी संस्थालाई सिङ्गो गाउँपालिका तर्फबाट धन्यवाद दिएका छन ।
हिमाली गाउँपालिका बिच्छ्या वासीका लागि सधै विकासको लागि रहने पालिका हो । यदि सधै विकासका पाइला अगाडि बढाउनु पर्छ भने, लाग्य त्यो आफ्नो कर्तव्य हो । २०८० सालमा नातिखोला लघु जलविद्युत योजना निर्माण सुरु भयो, २०८१ चैत महिना सम्पन्न गरेर २०८२ बैशाख ६ गते सञ्चालन ल्याएको छौँ । हिमाली गाउँपालिका – १,२ र ३ वडा हुम्लाको मासपुर गाउँ बिजुली पहुँचमा ल्याएको अध्यक्ष मल्लले बताउनुभयो ।
उहाँले बताउनुभयो , “दुई वर्ष लगातार विद्युतको काम निर्माण गरेर आज दुर्गम बस्तीमा बिजुली पहुँचमा ल्याउन सफल भएका छौँ ।” खानेपानी हिमाली गाउँपालिका – १ वडा नेटा र २ नम्बर वडा रुम्दी खानेपानी बनाउन पहल गराएको छ । हिमाली गाउँपालिका -३ वडा गुम्बा करिब ४१ घरहरूलाई बत्ति बाल्ने कोसिस गर्ने छौँ । भूगोल ठुलो र दुर्गम गाउँ भएको अलि समस्या भएको कादुरी अग्रिकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङले बताउनुभयो ।”
नेपालमा अग्रिकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल लागू भएको करिब ५७ वर्ष भएको हो । मान्छे भएर मान्छेलाई धर्म गर्नु, मान्छेको धर्म हो । जुन अहिले दुर्गम ठाउँमा विद्युत सञ्चालन गरेका छौँ । यसलाई लापरबाही भयो भने, ज्यान जान सक्छ । अब केही महिना पछि बिच्छ्या ४ वटा झुलङगे पुल निर्माण गर्ने भएका छौँ । नातिखोला लघु जलविद्युत योजना निर्माणमा सहयोग गर्ने वडा अध्यक्ष र हिमाली गाउँपालिका प्रमुख लगायत स्थानीय बासिन्दालाई डा. गुरुङले धन्यवाद दिएका छन ।
नातिखोला लघु जलविद्युत योजना हिमाली गाउँपालिका – १,२ र ३ हुम्ला जिल्ला ताजाकोट गाउँपालिका -३ मासपुर गाउँहरु सहित गरेर ७ सय घरधुरी लाभान्वित रहेका छन । २०८० मंसिर ५ गते निर्माण काम सुरु गरेको २०८२ बैशाख ५ गते सम्पन्न संगै उपभोगको लागि हस्तान्तरण गरिएको छ । कुल लागत १४ करोड ३१ लाख १० हजार ३ सय १२ रुपैयाँ २० पैसा रहेकोे संस्था अनुदान १३ करोड ५६ लाख ५४ हजार ३ सय १२ रुपैयाँ २० पैसा र उपभोक्ताहरु योगदान ७४ लाख ५६ हजार लागत लागेको हिमाली गाउँपालिका प्रबक्ता भिमान्द पाण्डेले बताउनुभयो ।
विद्युत हस्तान्तरण कार्यक्रम अध्यक्षता नातिखोला लघु जलविद्युत योजना उपभोक्ता समिति अध्यक्ष मानबहादुर रोकाया प्रमुख अतिथि कादुरी अग्रिकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङ बिशिस्ट अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, कादुरी अग्रिकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङ, प्रोजेक्ट म्यानेजर देविन्द्र श्रेष्ठ लगायत वडा अध्यक्ष, राजनीति दल स्थानीय हजारौं उपस्थितिमा नातिखोला लघु जलविद्युत योजना हस्तान्तरण कार्यक्रम गरिएको योजनका अध्यक्ष मानबहादुर रोकायाले बताउनुभयो ।









