उमेश रोकाया
बाजुरा, वैशाख ४ । बाजुराको पुर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका–६ पाँडी गाउँका ७० वर्षीय कर्ण सिंह रावलको रुखबाट लडेर मृत्यु भएको छ। बुधबार दिउँसो १२ बजेको समयमा उनी घर नजिकैको रुखबाट लडेर गम्भीर घाइते भएका थिए।
गम्भीर अवस्थामा रहेका रावललाई तत्काल उपचारका लागि कोल्टी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको आफन्त वृख रावलले जानकारी दिए। वृद्ध रावल कुन कारणले रुखमा चढेका थिए भन्ने विषयमा थप विवरण भने सार्वजनिक गरिएको छैन।
स्थानीय बासिन्दाका अनुसार, पाँडी गाउँजस्तो दुर्गम क्षेत्रमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्, तर तत्काल उपचारको उचित सुविधा नहुँदा घाइतेहरूले ज्यान गुमाउनु परिरहेको छ।









