शैलेश गुप्ता, १ वैशाख, पोखरिया
पोखरिया मालपोत लेखक व्यवसायीहरूको भेला शनिवार सम्पन्न भएको छ। सो भेलाबाट ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
नेपाल लेखापढी कानून व्यवसायी संघ, जिल्ला कार्य समिति पर्साको आयोजनामा तथा मालपोत तथा भूमिसुधार कार्यालय, बीरगंज पर्साका मदन प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भेलाबाट निम्न पदाधिकारीहरू चयन गरिएको हो।
अध्यक्षमा रामाशीष साह गोड, उपाध्यक्षमा जगदीश राउत, सचिवमा प्रेम प्रसाद साह तेली, कोषाध्यक्षमा सुरेन्द्र साह कानू चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा मंटु राउत कुर्मी, राजेश पाण्डेय, राम बिहारी महतो, सागर साह, र जनार्दन महतो नुनिया चयन भएका छन्।
सो भेलामा विशिष्ट अतिथि बीरगंज महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्रासहित अन्य विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।









