रेयाज हुसैन पर्सा – धोबिनी गाउँपालिका वडा नं. ५ को ग्रामीण क्षेत्र अहिले गम्भीर संकटमा परेको छ। यहाँको प्रमुख आवागमन मार्ग अत्यन्तै जीर्ण अवस्थामा पुगेको छ—सडकमा गहिरा खाल्डामा जमेको पानीले गर्दा बाटो सिधै खतराको संकेत बन्न पुगेको छ।
यो समस्या कुनै नयाँ होइन, वर्षौं देखिको उपेक्षा र सम्बन्धित निकायको उदासीनताले गर्दा अहिले स्थिति एकदमै भयावह बनिसकेको छ। वर्षा र अत्यधिक प्रयोगका कारण यो बाटो झनै जोखिमपूर्ण भएको छ। त्यसमाथि बाटोको छेउमा तारबार वा संकेतक नहुनुले दुर्घटनाको सम्भावना बढाएको छ।
बिग्रिएको सडकले स्थानियको दिनचर्या पूर्ण रूपमा अस्तव्यस्त बनाइदिएको छ। विद्यालय जाने बालबालिका हिलोले बाटोमा चिप्लेर लडेका घटना सामान्य भइसकेका छन्। बिरामी बोकेर एम्बुलेन्स आउन सक्दैन, सुत्केरी महिलालाई अस्पताल पुर्याउन समेत ठेला वा काँधमा बोकेर लैजानु पर्ने बाध्यता छ।
मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरू काममा जान सक्दैनन्, व्यापारीहरूको सामान बाटोमै अल्झिने गरेको छ। यदि समयमै आवश्यक सेवा पुग्न सकेन भने कुनैपनि सामान्य समस्या ज्यानकै संकटमा बदलिन सक्छ भन्ने डर गाउँलेहरूमा व्याप्त छ। सडकको अवस्था यति नाजुक भइसकेको छ कि साना सवारी साधन चलाउने कुरै छैन, पैदल हिँड्दा पनि खस्ने, चिप्लिने वा खाल्डोमा डुब्ने जोखिम छ। रातको समयमा विजुली नहुँदा यो बाटो अझै खतरनाक बन्छ। यदि यो अवस्था यथावत् रहिरह्यो भने कुनैपनि बेला ठूला दुर्घटनाहरू हुन सक्छन् ।
यसै वडा का स्थानिय मस्तकिम मियाले गम्भीर रूपमा भने। स्थानिय बासिन्दाहरू निकै आक्रोशित छन्। उनीहरूको गुनासो छ— पटकपटक वडा कार्यालयदेखि गाउँपालिका सम्म गुनासो गरे पनि कुनै सुनुवाइ नभएको अवस्था छ।
“हाम्रो बाँच्न पाउने अधिकार खोसिएको छ जस्तो लाग्छ,” सडक एउटा ‘सामान्य समस्या’ बाट ‘मानवीय संकट’ मा रूपान्तरण हुनेछ। अवस्था कुनै प्राकृतिक विपत्तिको कारण मात्र होइन, सरकारी बेवास्ताको परिणाम गैरजिम्मेवारीपनको प्रत्यक्ष परिणाम हो। करोडौं रुपैयाँको बजेट आउने भए पनि विकासका कामहरू कागजमै सीमित हुँदा आज सडकको हालत यस्तो भयावह बनेको छ। करोडौं रुपैयाँको बजेट आउँदा पनि विकासका कामहरू कागजमै सीमित हुँदा यस्तो भयावह अवस्था सिर्जना भएको हो। जगरनाथपुर टोलमा रहेका तीनवटा ठूला पोखरीहरूबाट प्रत्येक वर्ष करोडौं रुपैयाँ बराबरको निजी आम्दानी हुँदै आएको छ। तर, यति ठूलो श्रोतको हकमा पनि विकास भने ‘शून्य’ छ। वडा र गाउँपालिकामा पटकपटक ताकेता गरिँदा पनि कुनै उल्लेखनीय उपलब्धि नभएको मियाले बताए ।
जनजीवन सहज बनाउन र संभावित दुर्घटनाबाट जोगिनका लागि सम्बन्धित निकायले तत्काल सडक मर्मतको पहल गर्न आवश्यक छ। ढिलाइ भएमा, यो समस्या केवल ‘साधारण सडक समस्या’ नभएर एक ‘गम्भीर मानवीय संकट’ बन्ने निश्चित छ।
स्थानिय जोगिन्द्र सहनीले बताउँछन् । स्थानियहरू आक्रोशित छन्। निर्वाचित जनप्रतिनिधि तथा सरोकारवाला कर्मचारीहरू विकासभन्दा लुटतन्त्र र बजेट पचाउने धन्दामा ब्यस्त छन्।
“हामीले कर तिरेका छौं, पोखरीले कमाई दिएको छ, तर न बाटो बन्यो, न कुनै सुविधा पायौं। सबै कुरा पहुँचवालालाई मात्र,” धोबिनी गाउँपालिका वडा नं. ५ को अवस्थाले स्थानीय सरकारको लापरवाही र जिम्मेवारीहिनता स्पष्ट देखिएको छ। करोडौंको आम्दानी हुने श्रोत हुँदाहुँदै पनि सडकजस्तो आधारभूत आवश्यकतामा समेत ध्यान नदिनु दु:खद मात्र होइन, आपराधिक लापरवाहीको संज्ञा दिन सकिन्छ।
यदि समयमै सुधार र मर्मत कार्य अगाडि बढाइएन भने, जनताको आक्रोश आन्दोलनमा बदलिन सक्छ, र त्यसको सम्पूर्ण जिम्मेवारी निर्वाचित प्रतिनिधि र प्रशासनले लिनुपर्छ। सहनीको प्रश्न जनताले कति समयसम्म पीडा सहनुपर्ने? कति समयसम्म लाचारीको पीडामा बाँच्छन धोबिनीका बासिन्दा?









