मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी-५ स्थित सिमलटारका ५५ वर्षीय भुमि नन्द तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार बिहान ८:४० बजेको समयमा आफ्नै घरमा सफा गर्ने क्रममा अचानक करेन्ट लागेर तिमल्सिना गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएर उपचार गर्ने क्रममा बिहान ९:२२ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको हो । शव अस्पतालमै रहेको र घटना सम्बन्धबारे थप अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।









