रविन्द्र यादव नवलपरासी २६ चैत
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले सोमबार परासीमा सम्पन्न सोसाइटीको स्वर्ण जयन्ती महोत्सवको अवसरमा अक्षय कोषको घोषणा गर्नुभएको हो।
बि. स. २०७५ सालदेखि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको नेतृत्व लिनुभएका अग्रहरीले आफू र धर्मपत्नी गायत्रीदेवी अग्रहरीको नाममा कोषको घोषणा गर्नुभएको हो । सभापति अग्रहरीले अक्षय कोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, गर्भवती, सुत्केरी र विपन्न परिवारलाई सहयोग गर्ने बताउनुभयो ।
स्वर्ण जयन्ती समारोहमा सभापति अग्रहरीले ८ जना गरिव विपन्न परिवारलाई २० हजार रुपैयाँसम्मको आर्थिक सहयोग गर्नुभएको छ।









