२०८२ फाल्गुन १९ गते मंगलवार

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2309

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2313

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2319

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2323

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2327

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2331

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2336

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2340

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2345

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2309

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2313

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2319

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2323

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2327

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2331

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2336

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2340

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2345

गुहराज निषादको जन्मजयन्ती र प्रकृतिपूजक निषाद सँस्कार-इन्द्रजीत सहनी

गुहराज निषादको जन्मजयन्ती चैत्र शुक्ल पञ्चमीका दिन मनाइन्छ । रामायणमा धेरै प्रकारका रहस्यहरू लुकेका छन्। एक किंवदन्ती अनुसार, भगवान श्री हरि विष्णुले शेषनागको ओछ्यान बनाउनुहुन्छ र त्यसमा आफ्नी पत्नी माता लक्ष्मीसँग क्षीरसागरमा आराम गर्नुहुन्छ। यसैबीच, एउटा कछुवाले मोक्ष प्राप्तिको इच्छाले बारम्बार भगवान विष्णुको खुट्टा छुने प्रयास गर्छ। मुक्ति प्राप्त गर्ने चाहनाले, उनले क्षीरसागरमा भगवान विष्णुको खुट्टा छुने धेरै पटक प्रयास गरे तर देवी लक्ष्मीको सतर्कताका कारण उनी त्यसो गर्न असफल भए।
यही क्रम अर्को धेरै जन्महरूमा जारी रह्यो तर त्रेतायुगमा मानव जोनीमा जन्म भए पश्चात  उनले भगवानलाई चिन्ने दिव्य दृष्टि प्राप्त गरे। त्रेता युगमा, अर्थात् भगवान रामको समयमा त्यो कछुवा केवट (मल्लाह/निषाद)को रूपमा जन्मिएको थियो र जब भगवान राम आफ्नो वनवासको समयमा गंगा नदी पार गर्न नदीको किनारमा उभिए  केवटले उसलाई चिने।
त्यो डुङ्गा चालकको नाम गुहराज निषाद थियो। भगवान श्री रामले गुहराज निषादलाई गंगाको पारिपट्टि लैजान भने। रामचरित मानसको अयोध्याकाण्डमा निषादराज केवटको वर्णन गरिएको छ। रामले केवटलाई बोलाउँछन् – डुङ्गा किनारमा ल्याऊ, हामीले नदी पार गर्नुपर्छ।

मागी नाव न केवटु आना। कहइ तुम्हार मरमु मैं जाना॥
चरन कमल रज कहुं सबु कहई। मानुष करनि मूरि कछु अहई॥
श्रीरामले केवटबाट डुङ्गा माग्छन्, तर उनले ल्याउँदैनन्। केवटले भन्न थाल्यो- मैले तिम्रो समस्या बुझें। सबैले भन्छन् कि तिम्रो खुट्टाको धुलो एउटा जडीबुटी हो जसले मानिसलाई परिवर्तन गर्न सक्छ। केवटले भन्यो पहिले आफ्नो खुट्टा धुनुहोस्, त्यसपछि म तिमीलाई डुङ्गामा लैजान्छु।
छुअत सिला भइ नारि सुहाई। पाहन तें न काठ कठिनाई॥
तरनिउ मुनि घरिनी होइ जाई। बाट परइ मोरि नाव उड़ाई॥
जसलाई छोएर ढुङ्गा सुन्दर महिलामा परिणत भयो (मेरो डुङ्गा काठले बनेको छ)। काठ ढुङ्गा भन्दा कडा हुँदैन। मेरो डुङ्गा पनि ऋषिकी पत्नी बन्नेछ र यसरी मेरो डुङ्गा उडेर जानेछ र म लुटिनेछु वा बाटो अवरुद्ध हुनेछ ताकि तपाईं पार गर्न सक्नुहुन्न र मेरो जीविकोपार्जन नष्ट हुनेछ ।जीविका चलाउने मेरो तरिका नष्ट हुनेछ ।
केवटले भगवानलाई भने कि मैले सुनेको छु कि तपाईंको खुट्टामा यस्तो जादू छ कि ढुङ्गा पनि मानिसमा परिणत हुन्छ। मेरो डुङ्गा काठबाट बनेको छ र त्यसैबाट मेरो घरपरिवार पालिन्छ। यदि उनी पनि मानवमा परिणत भइन् र गायब भइन् भने, मेरो जीविकोपार्जन गुम्नेछ। त्यसैले, म पहिले तिम्रो खुट्टा धोएर हेर्छु, केही हुन्छ कि भनेर अनि मात्र म तिमीलाई गंगा पार गर्न मद्दत गर्नेछु।
एहिं प्रतिपालउँ सबु परिवारू। नहिं जानउँ कछु अउर कबारू॥
जौं प्रभु पार अवसि गा चहहू। मोहि पद पदुम पखारन कहहू ॥
यो डुङ्गाबाट म मेरो सम्पूर्ण परिवारको पालनपोषण गर्छु। मलाई अरु कुनै व्यवसाय थाहा छैन। हे भगवान! यदि तिमी पक्कै पनि पार गर्न चाहन्छौ भने, पहिले मलाई तिम्रो कमलको पाउ धुन भन।
निषाद सँस्कार 
त्रेतायुगमा भरत खण्डमा अयोध्या राज्य जस्तै आजको प्रयागराज इलाहावाद भन्दा २२ किमिको दुरीमा गंगाको किनारमा अवस्थित श्रृंगवेर राज्यको राजा निषादराज गुहको राज्य थियो । रामले सिता र लक्ष्मण सहितको वनवास वाँदै गर्दा एउटा राजाले अर्को राजालाइ गर्ने सत्कार, प्रेममा कुनै पनि किसिमको कमि राखेको थियो । निषाद वंशको वंशाणुगत गुण एक अर्कालाइ माया गर्ने, आफ्नो दृढ इच्छा सकल्पवाट विना गुरुको शिक्षा विना नै धुरन्धर धनुषधारी एकलव्य बनेको कुरा माहाभारत महाकाव्यमा भेटिन्छ । साथै गुरुको आज्ञा बमोजिम आफ्नो हातको बुढीऔला समेत काटेर दिएको दृष्तान्त पाइन्छ । यसबाट इमान्दारीता, गुरूप्रतिको आदरसम्मानको उच्च उदाहरण वन्दै गुरु द्रोणाचार्यको उच्चकोटीको शिष्य भएको कुरा द्रोणाचार्यबाट स्वीकार गरेको माहाभारतमा पाइन्छ । यद्यपि द्रोणाचार्यले छलकपट गरी बुढीऔला समेट काट्न लगाइ पाण्डव भाइ अर्जुनलाइ उच्चतम धनुषधारी वनाउनु परेको थियो ।
निषाद वंशका व्यक्तिहरुले आफ्नो धर्म, पेशामा इमान्दार भइ कार्य गरेको पाइन्छ ।प्रकृतिले जसरी एकनाश व्यवहार गर्दछ त्यसरी निषाद समुदायले एक अर्कालाइ सम्मान व्यवहार गर्ने गर्दछ । नेपालमा पनि निषाद समुदाय निषादराज गुहको वंशबाट आदिवासीको रुपमा खोला किनारामा वसी माछा मार्ने र डुङ्गा चलाउने काम गर्दै आफ्ने जीविका पार्जन गर्दै आएको छ । व्यापार व्यसायको माध्यम, यातायतको साधनको चालकको रुपमा ज्यानलाइ जोखिममा राख्दै डुङ्गा चलाइ मानव कल्याणको काम समेत गरेको छ । निषादराज गुह डुङ्गाबाट राम, सिता र लक्ष्मणलाइ गंगा पार नगरेको भए रामको दशरथको छोराको रुपमा मात्र चिनिन्थियो नकी मर्यादा पुरुषोत्तम श्रीरामको रुपमा । सनातन धर्मलाइ स्थापित गराउन तथा राक्षसी राज्यको अन्त्य गर्नमा समेत जंगलमा भिल कोल जस्ता निषाद वंशको व्यक्तिहरु रामलाइ सहयोग गरी रावण वध भएको थियो ।
नेपालको जनसख्याको करीव २ प्रतिशत र मधेश प्रदेशमा करीव ६ प्रतिशत रहेको निषाद वंश तथा समुदायले पनि एक अर्कालाइ सहयोग गर्ने, आदरसम्मान गर्ने, खोलामा डुङ्गा चलाइ मानिसलाइ खोला पार गर्ने, माछा मारी आपूर्ति व्यवस्थापन गर्ने काम गर्दै आएको छ । हिमाल,पहाडको खोला किनारामा वस्ने माझी, वोटे एउटै पेशा गर्ने समुदाय तथा जातीलाइ आदिवासी जनजातिमा सूचिकरण गरेको र नेपालको तराइमा वसोवास गर्ने मल्लाह निषाद विन नुनिया समुदाय तथा जातीलाइ सूचिकरण नगर्दा राज्यको मूलप्रवाहबाट वाहिर भइ विभेदमा परेका छन । शिक्षा, स्वास्थयमा एकदमै कमजोर रहेको निषाद समुदाय प्रकृतिपुजक रहेको छ । पानीबाटै जीविका चल्ने गरेको यस समुदायका व्यक्तिको कुलदेवताको रुपमा कोइला, कमला र भिमसेन लगायतका देवताहरु रहेका छन । जसको सम्वन्ध विशुद्ध रुपमा पानीसँग रहेको छ । विवाह वा जुनसुकै शुभ कार्यमा कुलदेवताको पुजा आफ्नै समुदायको धामी, अगुवाबाट सम्पन्न गराउने गर्दछ ।जसबाट पुष्टि हुन्छ कि प्रकृति प्रेमीको रुपमा खोलाको संरक्षण, माछाको संरक्षण गरी आफना जीवन जिविकाको दिगो आधारका लागि वकालत गर्ने सँस्कृति पनि यस समुदायको वंशाणुगत गुणको रुपमा रहेको छ । विपतको वेला खोलामा वगेका, फसेका व्यक्तिहरुलाइ उद्धार गर्ने काममा समेत अग्रसर भइ मानव कल्याणको काम गर्ने गर्दछ । जातीमा जन्म (प्राकृतिक रुपमा )कै आधारमा पौडि खेल्न आउनुपर्ने, चराचुरुंगी शिकार गर्न आउनु पर्ने, डुङ्गा चलाउन आउनुपर्ने जस्ता सीप अनिवाय रुपमा हुनैपर्ने मान्यता भएकोले यस समुदायको व्यक्तिलाइ राज्यले विपद व्यवस्थापन तथा जलवायु परिवर्तन रोक्नका लागि सहयोग लिनु आवश्यक रहेको छ । प्रकृतिको पूजा गर्ने प्रकृति तथा वातावरण संरक्षण गर्ने निषाद समुदायको मूल सँस्कृति तथा सँस्कार रहेको छ ।
गुहराज निषादले पनि आफनो मानवीय धर्म पुरा गरी पहिले भगवान श्री रामको खुट्टा धोए र त्यसपछि रामलाई सीता र लक्ष्मणसँगै आफ्नो डुङ्गामा बसाए।गंगा पार गरेपछी सिताले आफनो सूनको अंगुठी दिन खोज्दा पनि माफी माग्दै लिएका थिएन ।सेवा प्रतिको विश्वास र सँस्कारकै कारण आज गुहराज निषादका वंशज र उनको समुदायका मानिसहरूले उनको पूजा गर्छन्। हरेक वर्ष गुहराज निषाद जन्मजयन्ती चैत्र शुक्ल पञ्चमीका दिन नेपाल लगायत विश्वमा मनाइन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM