शैलेश गुप्ता, १९ चैत्र, पोखरिया
पर्साको भौतिक पूर्वाधार कार्यालय बीरगंजमा जनता आवास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यक्रम संयोजक प्रदेश सांसद बिना शर्माको सरोकारवालासँग आईतवार बैठक र विशेष छलफल सम्पन्न भएको छ।
मधेश प्रदेशको प्रदेश सभा सदस्य बिना शर्माको सभापतित्वमा भएको बैठकमा पर्सा जिल्लामा जनता आवास, विपन्न महेन्द्र निधि आवास र मदन भण्डारी आवास कार्यक्रममार्फत जनता लाई सजिलो हुने विषयमा र अन्य विभिन्न विषयमा छलफल भएको जानकारी कार्यक्रम संयोजक प्रदेश सांसद बिना शर्माले दिइन्।
बैठकमा भौतिक पूर्वधार कार्यालय बीरगंजका प्रमुख लालबाबु राय, नापी कार्यालय पर्सा बीरगंजका प्रमुख राकेश कुमार झा, मालपोत कार्यालय पर्सा बीरगंजका प्रमुख अशोक कुमार भट्टाराई सहित पर्साबाट प्रत्यक्ष र अप्रत्यक्ष प्रदेश संसदका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक प्रदेश सांसद शर्माले बैठकको सफलतापूर्वक सम्पन्न भएको र आगामी कार्य योजना तथा समन्वयका लागि महत्वपूर्ण छलफल भएको बताइन्।









