दैलेख, चैत्र १० | दुल्लू नगरपालिका-६ मा चट्याङ लागेर १८ वर्षीय गगन खड्काको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डीएसपी सुनिल दाहालले यो जानकारी दिए ।
घर नजिकको गोठमा भैंसीहरू सार्ने क्रममा चट्याङ पर्दा गगन बेहोस भएका थिए । स्थानीयले उनलाई तुरुन्त दुल्लू अस्पताल पुऱ्याए पनि चिकित्सकले मृत घोषणा गरे ।
गगन चैत १२ गते हुने विज्ञान विषयको एसईई ग्रेडवृद्धि परीक्षाका लागि घर आएका थिए । सोही बेला चट्याङ लागेर उनको ज्यान गएको हो।









