२०८२ मंसिर २३ गते मंगलवार

सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद

कृष्णनगर, चैत्र ८

कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरबाट खटिएको टोलीले आज विभिन्न स्थानबाट अन्दाजी रु। ८५,००० ९पचासी हजार० बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोस्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के।सी।को कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी मूल्य रु। ५०,००० ९पचास हजार० बराबरको सुर्ती, खाने तेल, चिनी, पान मसला बरामद गरेको छ।

त्यस्तै, सशस्त्र प्रहरी सहायक निरीक्षक हेमराज खत्रीको नेतृत्वमा खटिएको गाडी मोबाइल टोलीले कृष्णनगर नगरपालिका बहादुरगंजमा अचानक चेकजाँच गर्दा हार्डवेयरका विभिन्न सामानहरू जस्तै धाराको टुटी, ढोकाको ह्यान्डिल, पेन्ट लगायत अन्य सामानहरू अन्दाजी मूल्य रु। ३५,००० ९पैँतीस हजार० बराबरको सामान बरामद गरेको छ।

बरामद गरिएका खाद्यान्न र हार्डवेयरका सामानहरू गरी जम्मा रु। ८५,००० ९पचासी हजार० बराबरको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक अरूण सिंहले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM