२०८२ फाल्गुन १९ गते मंगलवार

नुहाउने क्रममा डुबेर सिन्धुलीमा एक किशोरीको मृत्यु

आस्था विश्वकर्मा
सिन्धुली – सिन्धुलीमा खोलामा नुहाउने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ । बुधबार अपराहन्न ३ बजेर ४५ मिनेटको समयमा स्थानीय झुँगा खोलामा नुहाउने क्रममा डुबेकी तीनपाटन गाउँपालिका–१ छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर अवस्थामा रहेकी चौहानलाई स्थानीय तथा परिवारजनले उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा पु¥याई थप उपचारको लागि अन्यत्र लैजाने तयारीका क्रममा मृत्यु भएको स्थानीयबासी बताएका छन् । स्थानीय कृष्ण अधिकारीका अनुसार चौहान माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिने तयारीमा थिइन् ।
यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM